फोहर व्यवस्थापन र जलवायु परिवर्तत

जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएतापनि मानिसका विभिन्न क्रियाकलापले गर्दा यसको असर दिनानुदिन बढ्दै गइरहेको छ । जसको कारणले गर्दा विश्वव्यापी रुपमा वातावरणमा नकरात्मक असरहरु देखा पर्न थालेका छन् । मानवीय क्रियाकलापहरुले गर्दा वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढिरहेको छ । यिनै हरितगृह ग्यासहरुले पृथ्वीबाट परावर्तित भएको ताप वायुमण्डबाट बाहिर निस्कन नदिने हुनाले वायुमण्डलको तापमानमा वृद्धि भइरहेको छ ।

विश्वव्यापी तापमान वृद्धिसँगै विभिन्न क्षेत्रहरुमा नकरात्मक प्रभाव परिरहेको छ । जैविक विविधता, कृषि, पर्यटन, जीविकोपार्जन, स्वास्थ्य जस्ता मानिससँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रहरु ल्गायत जलस्रोत, वनजंगल, हिमाल जस्ता क्षेत्रशरुमा नकरात्मक प्रभाव बढ्दै गइरहेको छ । यसरी निरन्तर रुपमा यो क्रम बढ्दै जाने हो भने भविश्यमा विभिन्न किसिमका विपत्तीहरु नआउलान् भनेर भन्न सकिन्न ।

नेपालको सन्दर्भमा फोहर व्यवस्थापन एक जटिल समस्याको रुपमा देखा पर्न थालेको छ । मानिसका विभिन्न क्रियाकलापहरुबाट निस्किएका फोहरजन्य वस्तुहरुलाई उचित तवरले व्यवस्थापन गर्न नसक्दा एकातिर मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको छ भने अर्कोतिर सम्पूर्ण वातावरणलाइ नै प्रदूषित बनाएको छ । विशेषगरि शहरी क्षेत्रहरुमा यो समस्या बढि मात्रामा रहेको छ ।

घरेलु क्रियाकलापबाट उत्पादन भएका फोहरहरु, औद्योगिक क्षेत्रबाट निस्किएका फोहर तथा कृषिवन जन्य फोहरहरुलाइ व्यवस्थापन गर्न सके यसबाट वातावरणमा पर्ने नकरात्मक असरहरु कम हुन जान्छ । फोहर आफैमा फोहर होइन, स्रोत हो भन्ने अवधारणाकासाथ अगाडि बढ्ने हो भने फोहरलाई स्रोतको रुपमा उपयोग गरेर व्यवस्थापन गर्न सकिन्छ ।

फोहरबाट इन्धन उर्जाको विकास गर्न सकिने विभिन्न प्रविधिहरुको विकास सँगै नेपालमा पनि यसको चर्चा परिचर्चाहरु हुन थालेका छन् । साथसाथै थोरै मात्रामा यस किसिमका प्रयोगहरु पनि भइरहेका छन् । जैविह फोहरबाट जैविक ग्यास (Bio Gas) उत्पादन पनि यसको एउटा उदाहरण हो । यदि ठूलो परिमाणमा यस्ता कारखानाहरुको विकास गर्ने हो भने अधिक मात्रामा बायो ग्यासको उत्पादन गर्न सकिन्छ । जसको प्रयोगले हाल नेपालमा चलन चल्तीमा रहेको उर्जा खपतलाई विस्थापित गरि वनजंगल विनाश हुनबाट रोक्दछ । कृषिवन बाट निस्किएका फोहर तथा खेरजाने झारपातहरुबाट वनस्पति गुइँठा (Bio Briquette) उत्पादन गर्न सकिन्छ जुन वैकल्पिक उर्जाको स्रोतको रुपमा प्रयोग हँुदै आइरहेको छ । यसको विकास तथा प्रवद्र्धनमा जोड निदे हो भने थोरै लगानिमा तथा उपयुक्त प्रविधिको सहायताले समूदाय स्थरमा ठूलो परिमाणमा समेत उतपादन गर्न सकिन्छ ।

पुनः प्रयोग गर्न सकिने फोहरहरुलाई छुट्याएर प्रयोग गर्ने हो भने ति सामाग्रीहरु पुनः उत्पादन गर्दा खपत हुने उर्जाशक्ति अन्य कार्यहरुमा प्रयोग गर्न सकिन्छ । नेपालको उर्जा खपत हेर्ने हो भने ८० प्रतिशत भन्दा बढि काठ दाउरा (Fuel Wood) को प्रयोग भएको पाइन्छ । करीब २९ प्रतिशन वनजंगल रहेको नेपालमा सोही दरमा उर्र्जा खपत हुँदै जाने हो भने वन विनाश बढ्न गई भूक्षय, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरु देखा पर्दछन् ।

एकातिर जलवायु परिवर्तनको असरले अतिवृष्टी, अनावृष्टीको समस्या छ भने अर्कोतिर वनजंगल विनाशको समस्या हामीले प्रत्यक्ष भोगिरहेका छौं । समयमा नै यस्ता समस्याहरुबाट बच्न यसका प्रभावहरुलाई हामीले नै न्यूनिकरण गर्नुपर्ने हुन जान्छ । वनजंगल जोगाइराख्नाले उत्सर्जित हरितगृह ग्यासलाई क मगर्न मद्दत पुग्दछ । जसले गर्दा जलवायु परिवर्तनको असरलाई कम गर्न सकिन्छ । अहिले भइरहेको उर्जा खपत (Traditional Consumption) लाई परिवर्तन गरेर विभिन्न वैकल्पिक उर्जा (बायो ग्यास, बायो ब्रिकेट) को प्रयोग गर्ने हो भने वन जंगल विनाश रोक्न सकिन्छ । विशेषगरि हाल टड्कारो रुपमा देखिएको फोहरको समस्यालाई न्यूनिकरण गर्दै जुनसुकै प्रविधिको प्रयोग गरेर भएतापनि उर्जा उत्पादनमा जोड दिई काठदाउराको खपतलाई कम गर्नै पर्ने हुन्छ । तव मात्र जलवायु परिवर्तनको असरलाई निष्प्रभाविकरण (Mitigation) गर्न सहयोग पुग्दछ ।

विभिन्न प्रकारका अनुकुलन (Adaptation) का उपायहरुको अवलमवन सम्पूर्ण तह (स्थानीय देखि राष्टिय र अन्तर्राष्टिय स्तर) बाट प्रभावकारी रुपमा गरिनु पर्दछ । यसकालागि नीति नियमको तर्जुमा तथा कार्यान्वयन, सीप विकासका कार्यक्रम, प्रविधिको विकास साथै जनचेतना अभिवृद्धिको आवश्यकता पर्दछ । व्यक्तगत तवरदेखि समूदाय, निजी क्षेत्र, गैर सरकारी तथा सरकारी निकायहरुको समन्वयबाट विभिन्न क्रियाकलापहरु मार्फत जलवायु परिवर्तनले पारेका नकरात्मक असरहरुको न्यूनिकरण गर्न मद्दत पुग्ने हुनाले यस तर्फ विशेष जोड दिन आवश्यक छ ।

(Published on हरित दृष्टि, वर्ष १, अंक १, पौष २०६७ )