My Journey

मान्छेको जीवन न हो कैले कता, कैले कता ? आखिर यस धर्तीमा जन्म लिएपछि केहि न केहि त गर्नै पर्यो | भानिन्छ नि बाँच्नकोलागि संघर्ष गर्नैपर्छ, संघर्षको दौरानमा विभिन्न मोडहरु पार गर्दै आफ्नो लक्ष प्रप्तिकोलागि अगाडि बढिरहनु पर्दछ | आफु जन्मेको ठाउमा त बोटबिरुवाहरु मात्र मर्दछन, मान्छे त घुमफिर गर्न सक्ने प्राणी हो त्यसैले समय, परिस्थिअनुसार त्यसै सँग अनुकुल हुने गरि आफुलाई समाहित गरेर लैजनासक्नु नै सारा मानब को माहानता हो | मानव सभ्यताको सुरुवातसंगै घुमफिरे प्रबितिका मान्छेहरु जन्मथलो छाडेर कर्म गर्ने थलो निर्माण गर्ने सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा गएका अनेकौ उदाहरणहरु हामीले देख्ने सुन्ने गरेका छौ | त्यति मात्र होइन; विभिन्न अनुसन्धान, कार्यक्रम, तथा कार्यक्षेत्र अध्ययनका सिलसिलामा साथै मनोरन्जन, इच्छा वा अन्य कुनै कारणले गर्दा घुमफिर गर्ने प्रवित्ति मान्छेहरुमा बढ्दै गैरेहेको छ | यिनै सिलसिलामा मेरा आफ्ना अनुभवहरुलाई याँहा समेट्ने कोशिस गर्दैछु |